टाइगर कप भलिबल: महिलातर्फ आयोजक र एपिएफले पहिलो क्वालिफायर खेल्ने

एलिमिनेटरमा न्यू डायमण्ड र पुलिसबिच प्रतिष्पर्धा हुने

पाेखरा | माघ १५, २०८१

टाइगर कप भलिबल: महिलातर्फ आयोजक र एपिएफले पहिलो क्वालिफायर खेल्ने

पोखरा:    टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ ।


पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित हो । 


योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपिएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ ।


लिग चरणको एक खेल अगावै आयोजक टोलीले ३–३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । उक्त समूहबाट दुवै खेलमा पराजित भएको न्यू डायमण्डले ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिष्पर्धा गर्नेछ ।


आजै भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटले पराजित गरेको थियो । अहिले पुरुषतर्फको गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच खेल जारी छ । त्यसपछि पुरुषतर्फ नै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्